विनोदको अक्षरहरु…✍️

ओली, प्रचण्ड र देउबालाई मृत्युदण्ड दिनु पर्छ
✍️ विनोद पौडेल नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा करिब साढे चार अर्ब रुपैँया अनियमितता भयो । राष्ट्रिय ढुकुटीको लुट भएको यो प्रसंग केही दिन यता अलि सेलाउँदै गएको छ । राज्यकोषको यति ठूलो दोहनलाइ यसरी लुकाउन खोजिँदा आम जनमानसमा कतै यो घटना यत्तिकै सेलाउँने त होइन भन्ने शंका उत्पन्न भएको छ । सरकारका केही दिन यताका कार्य सम्पादन र सरकारका प्रवक्ताको धारण हेर्ने हो भने दोषीलाई कार्वाही गर्नुको सट्टा सरकारनै उल्टै दोषीलाई उन्मुक्ति दिन लागेपरेको देखिन्छ । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले सचिब र मन्त्रीलाई कार्बाही गर्न सिफारिस गरेपछि घटेका घटनाक्रम र सरकारको कार्यशैलीले जनतालाइ झन शसंकित बनाएको छ । केही घटनाक्रम हेरौं: २०७५ पुस १८ गते बुधबार, वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको भन्दै बहालवाला दुई सचिवलाई निलम्बन र पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई कारवाही गर्न संसदीय उपसमितिले सिफारिस गर्यो

स्नाकोत्तरको पढाइ र ‘नविकेको’ बायोडाटा
विनोद पौडेल भर्खर एसएलसी परिक्षा उत्तीर्ण भाइ-बहिनीलाई बधाइ र अनुत्तिर्णलाई फेरि उत्तीर्ण हुने शुभकामना। जिन्दगीमा एकपटक असफल हुँदैमा आत्तिनु पर्दैन, किनकी यो पहाड हैन, एउटा खुड्किलो मात्र हो। यस्ता खुड्किला जिन्दगीमा सयौं आउँछन्, तर यसैलाई हाम्रा वरपरका मान्छेले पहाड बनाइदिन्छन् र यो पहाड जस्तो
