प्रचन्डको गद्दारीको कारण देश नटुक्रियोस

विनोद पौडेल

हिजो भएको जनयुद्ध र जातिय, साम्प्रदायिक आन्दोलनले देशलाइ कहाँ पुर्यायो भनेर त अब बुद्धि नै नभएको ग्वाँकलाइ पनि बुझाउन नपर्ला । आफ्नो राजनैतिक स्वार्थ पुरा गर्नको लागी विना तुकको आन्दोलन सृजना गरेर प्रचन्ड बाबुरामहरुले नेपाली जनतालाइ पङ्गु त बनाए नै, त्यो भन्दा पनि आज आधा नेपाल नै दक्षिण तिर जाने हो की भन्ने भयानक डर जनमानसमा सृजना भएको छ । जातिय र धार्मिक राज्य भन्दै माओबादी कुर्लिदा पहिलो संविधान सभाले संविधान दिन नसकेपछी नै आँकलन गरिएको थियो कि यस्तै चाला हो भने नेपाल एक हुन सक्ने छैन । आखिर भयो त्यही! देशको स्थिति लथालिङ्ग छ, कोही मधेसी, कोही जनजाति दलित, कोही थारु, कोही क्षेत्री बाहुन्, भन्दै आ-आफ्नै ध्रुबमा फर्किएका छन्, जसको कारण काटाकाट र मारामारको स्थिति तराइबाट सुरु भएको छ । हिजो जात र धर्मको राजनीति गरेर चर्चा बटुल्ने प्रचन्डहरु आज के गर्दै छन्, तिनीहरुको मनमा पश्चताप छ कि छैन होला? कता गए तिनीहरुले जनतालाइ देखाएका नारा र ललिपपहरु? प्रचन्डहरु आलिसान महलमा पुग्दा हिजो तिनीहरुले भर्याङ बनाएका जनताले के पाए खै? 

हिजो भाजपाको एक नेताले नेपालका १५ जिल्ला आफ्नो भएको र ति जिल्लालाइ हिन्दुस्थानमा फर्काउनको लागी नेतृत्व आफूले लिने भन्ने समाचार आएपछी हरेक नेपालीलाइ पिडाबोध भएको छ, विचरा सोझा जनतालाइ हिजो के थाहा उत्पिडितका नाममा गरिएको आन्दोलनले देशमै संकटमा पर्ला भन्ने? यति सानो देशलाइ १४ प्रदेश बनाउँने तर सिंगो मधेस एक प्रदेश बनाउनुपर्छ भन्ने प्रचन्डहरुको माग कुन राष्ट्रबादको पक्षमा रहेछ भन्ने अब छर्लङ्ग भएको छ । अझै पनि बेला छ, हामी नेपाली पार्टी र गुट, नयाँ शक्ति र पुरानो शक्ति भन्दै बिभाजित हुनु भन्दा आफ्नो राजनैतिक स्वार्थको लागी नपाली भाइभाइ लडाउने र रमिते बन्ने गद्दार नेतालाइ बहिस्कार गर्न सक्नुपर्छ । पहिले गद्दार नेता चिनौं, इतिहासलाइ सम्झेर सोचौं । के पहाड, के हिमाल, के तराइ हामी एक भयौं भने राष्ट्र एक हुनेछ । देशमा भएकाले देशबाट, विदेशमा भएकाले विदेशबाट पहल गरेर नेपाललाइ आफ्नो पन्जामा कस्नुपर्ने बेला आएको छ । होइन भने देश फूटाउने विउ रोप्ने प्रचन्डहरु मात्रै होइन हामी सबै नेपाली राष्ट्रको इतिहासमा कलंक र गद्दार साबित हुनेछौं । 
जय नेपाल!

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *